logo-img

बझाङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बझाङमा जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ घर भएका ६० वर्षका गगन ओखेडा छन् ।

जिल्लाको केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बाग्थलातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
 
जिपले ठक्कर दिएका ओखेडाको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बाग्थलाले जानकारी दिएको छ । चालक बुंगल नगरपालिका–६ बस्ने दीपेन्द्र धामी पक्राउ परेका छन् ।  

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए ।







  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १९:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया