काठमाडौं महानगरको अल्टिमेटमपछि फनपार्कले तिर्‍यो १७ लाख ३६ हजार कर
फाइल तस्वीर

काठमाडौं फनपार्कले कर तिरेको छ । महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले मनोरन्जन करबापतको रकम दाखिला गरेको हो ।

काठमाडौं महानगरका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ कर दाखिला गरेको छ ।

काठमाडौं महानगरले बुधबार करबापतको रकम दाखिला गर्न फनपार्कलाई २४ घण्टे पत्र काटेको थियो ।

महानगरको अल्टिमेटमपछि फनपार्कले साउनसम्मको बक्यौता रकम तिरेको हो । फनपार्कले बहाल कर समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता गरेको पाइएको छ ।
 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १९:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया