logo-img

गौरा पर्वको बिदा कटौती गरेपछि सुदूरपश्चिम सरकारको आलोचना
फाइल तस्वीर

सुदूरपश्चिम प्रदेश सरकारले यही १७ भदौमा गौरा पर्वका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको व्यापक आलोचना भएको छ । भदौ १७ गतेको बिदा कटौती गरेको सूचना प्रकाशन भएपछि अहिले सामाजिक सञ्जालमा प्रदेश सरकारको आलोचना भएको हो । 

बिदा कटौती गर्नु संस्कृतिमाथिको प्रहार भएको कतिपयको टिप्पणी छ । सुदूरपश्चिमको मौलिक र महानपर्व गौराको अवसरमा दिइएको बिदा कटौती गर्नु राम्रो नभएको स्थानीय संस्कृतिका जानकार हेमबाबु लेखकले बताए । 

उनले भने, ‘मानसखण्डमा मनाइने गौरा पर्वको महत्त्व दसैँको भन्दा ठूलो छ । त्यसैले यो क्षेत्रको मौलिक पर्वका अवसरमा दिएको बिदा कटौती गर्नु गलत छ । गौरा पर्वमा सार्वजनिक बिदा यथावत राख्नु आवश्यक छ ।’



गौरा पर्वको अवसरमा दिइएको बिदा कटौती गर्नु संस्कृतिमाथिको प्रहार भएको लेखकले टिप्पणी गरे । गौरा पर्वको अवसरमा दिइएको बिदा कटौती गर्नु गौरा पर्वको महत्त्व घटाउन गरिएको दुष्प्रयास भएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 

गौरा पर्व यो क्षेत्रको मौलिक पर्व भएकाले यसको महत्त्वका विषयमा सरकारले नजरअन्दाज गर्न नहुने उनले बताए । सरकारले हिन्दु धर्ममाथि नै प्रहार गरेको उनको बुझाइ छ । 

प्रदेश सरकारले गौरा पर्वका अवसरमा दिएको बिदा कटौती गरेपछि अब १८ भदौमा संघीय सरकारले दिएको बिदा मात्रै कार्यान्वयन हुनेछ । सुदूरपश्चिममा बिरुडापञ्चमीदेखि दुर्वाष्टमी अर्थात अठ्यावालीसम्म गौरा पर्व धुमधामका साथ मनाउने गरिन्छ । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १९:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया