प्रिन्स दाहाल इण्डिया जुनियर ग्रान्डप्रिक्सको दोस्रो चरणमा

नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल भारतको पुणेमा जारी इण्डिया जुनियर ग्रान्डप्रिक्सको दोस्रो चरणमा प्रवेश गरेका छन् । पुरुष एकलतर्फ भारतका अश्मित अग्रवाललाई २१–११ र २१–१९ ले हराउँदै प्रिन्स दोस्रो चरणमा पुगेका हुन् । अब प्रिन्सले दोस्रो चरणमा भारतका अभिनव मंगलमको सामना गर्नेछन् । 

नेपालका हिमाल चन्द र क्षितिज खनाल भने भारतीय खेलाडीसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका छन् । चन्द तरुण बसवराज मोरबसँग १६–२१ र १४–२१ तथा आयुष सेट्टीसँग ११–२१ र १२–२१ ले पराजित हुँदै बाहिरिएका हुन् । यस्तै, पुरुष डबल्सतर्फ प्रिन्स दाहाल र क्षितिज खनालको जोडीले भारतका प्रुत्तभी कोके र अविशेक कोट्रेशलाई २१–१७, २१–२३ र २१–१३ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका छन् । 

महिला एकलतर्फत भने नेपालका रसिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट भारतीय खेलाडीसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका छन् । महर्जन आकंक्षा मट्टेसँग १०–२१ र १४–२१, पाण्डे नाभ्या कान्देरीसँग ८–२१ र २१–७ तथा विष्ट प्रविणा सुब्बुराजसँग ११–२१ र ६–२१ पराजित हुँदै बाहिरिएका हुन् । 

महिला डबल्सतर्फत नेपालका रसिला महर्जन र रोज पाण्डेको जोडी भारतका रक्षिता श्री सन्तोष रामराज र  नाभ्या कान्देरीको जोडीसँग ७–२१ र १५–२१ ले पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका छन् । मिक्स डबल्सतर्फत क्षितिज खनाल र रोन पाण्डे, हिमाल चन्द र विष्णा विष्ट तथा प्रिन्स दाहाल र रसिला महर्जनको जोडी भारतीय जोडीसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका छन् । 

खलान र पाण्डे दक्ष गौतमा र दिया रावतकोसँग २१–१२ र २१–१४, चन्द र विष्ट ओजसकुमार सेरावत र हेजल सेरावतसँग २१–१८, १५–२१ र १२–२१ तथा दाहाल र महर्जन नाथन शिह र श्रेया बालाजीसँग १३–२१ र १६–२१ ले पराजित हुँदै बाहिरिए । प्रतियोगितामा नेपालकोतर्फबाट ६ खेलाडी सहभागी छन् ।

पुरुषतर्फ प्रिन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलातर्फ रसिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट रहेका छन् । यस्तै, टोलीको प्रशिक्षकमा राजेशप्रताप शाक्य तथा व्यवस्थापकमा जीवनसिंह कुँवर छन् । 





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ११:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया