पहिलो 'वान डे' मा केन्याले दियो २१९ रनको लक्ष्य, नेपालले जवाफी ब्याटिङ गर्दै
फाइल तस्वीर

केन्याले नेपाललाई २१९ रनको चुनौती दिएको छ । नैरोवीस्थित जिमखाना मैदानमा जारी एकदिवसीय खेलमा पाहुना टोली नेपाललाई केन्याले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रन जोडेर उक्त चुनौती दिएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाए पनि पाँचौं विकेटका लागि राकेप पटेल र कोलिन्स यबुयाले १३० रनको शतकीय साझेदारी गर्न सफल भएर नेपालसामु २१९ रनको चुनौती प्रस्तुत गरेको हो । 

राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन र कोलिन्सले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको पारी खेले । केन्याका लागि इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन जोडे । 

केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले ३–३, आदिल आलम र पवन सर्राफले १–१ विकेट लिएका थिए । नेपाल जवाफी ब्याटिङ सुरु गरेको छ ।  
 





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १६:४८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया