नेप्से ६.६८ अंकले बढ्यो, १ अर्ब ७ करोडको कारोबार
फाइल तस्वीर

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा सामान्य सुधार भएको छ । आइतबार नेप्से परिसूचक ६.६८ अंक बढेर १९७७.३० बिन्दुमा पुगेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ । 

आइतबार कारोबारमा आएका २२७ कम्पनीको २८ लाख ७६ हजार कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये  ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक १.८५ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ । 

आइतबार रुरु जलविद्युत परियोजनाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ । 

यता सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य यस दिन करिव ३ प्रतिशत घटेको छ । आइतबार रिडी पावर ८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १६:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया