चुनावपछिको प्रधानमन्त्रीबारे छलफल गर्ने बेला भएको छैन: कांग्रेस प्रवक्ता
फाइल तस्वीर

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछिको प्रधानमन्त्रीको विषयमा अहिले नै छलफल गर्ने बेला नभएको बताएका छन् । उनले कांग्रेस नेतृत्वदायी भूमिकामा रहने बताउँदै यो समय गठबन्धन सफल बनाउने रहेको जिकिर गरे । 

आइतबार काठमाडौंमा पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता महतले गठबन्धनको भागबन्डा नटुंगी टिकट वितरण नहुने जानकारी दिए । 

'जहाँसम्म यो प्रधानमन्त्रीको विषय छ, अहिले यो छलफलको विषय छैन । तर, स्वभाविक रूपमा नेपाली कांग्रेस नेतृत्वदायी भूमिकामा हुन्छ । त्यसमा कुनै दुई मत छैन । अहिले शुद्ध गठबन्धन सिट बाडँफाडँकै विषयमा हामी केन्द्रीत छौं । यो विषयचाहिँ नेतृत्वको विषय एजेण्डामा छैन्' उनले भने । 

महतले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिने कुरा नौलो नभएको बताए । पहिलादेखि नै स्वतन्त्र उम्मेदवारी दिने र जितेका उदाहरण रहेको रहेको उनको भनाइ छ । महतले पछिल्लो समय हरेक ठाउँमा स्वतन्त्र उम्मेदवार उठ्ने र उठाउने कुरालाई नजिकबाट नियालिरहेको जिकिर गरे ।

'स्वतन्त्र उम्मेदवारी दिने कुरा नयाँ कुरा होइन । पहिला पहिलादेखि नै स्वतन्त्र उम्मेदवारी दिने, कति ठाउँमा जितेको संसदीय सिटमा पनि जितेको उदाहरण छन् । पार्टीभित्र नै धेरै आकांक्षी छन् । पछिल्लो समय हरेक ठाउँमा स्वतन्त्र उम्मेदवार उठ्ने, उठाउने कुरा छ । त्यसलाई नजिकबाट नियालेका छौं । यो प्रवृत्ति किन देखियो भनेर हेरिरहेका छौं' उनले भने । 

प्रवक्ता महतले नेपालमा लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुन जरूरी रहेको दाबी गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिन पाउने अवस्था पनि कांग्रेसले बनाएको बताउँदै स्वतन्त्र उम्मेदवारलाई सम्मान गर्ने धारणा राखे ।





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १८:३४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया