केन्याविरुद्ध नेपालको क्लिन स्विप

घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालले क्लिन स्विप राखेको छ । नेपालले आज सम्पन्न  तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै क्लिा स्विप राखेको हो । 

यो जितसँगै नेपालले ३ खेलको सिरिज ३–० ले आफ्नो पक्षमा पारेको छ । यसअघि नेपालले ७ विकेट र १७ रनको जित हात पारेको थियो । 

२५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि अर्जुन साउदले, आसिफ शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले । साउदले ९० बलमा ३ चौक र २ छक्कासहित ५८ रन बनाए । 

 ५६ रन जोडेका शेखले  ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरे । अहमद ४९ बलमा ७ चौकासहित ५२ र कप्तान रोहितकुमार पौडेल ४६ बलमा ४ चौकासहित ४६ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्लले ३३ रन जोडे । 

केन्याका लागि विराज पटेलले २ तथा सिम एनगोचे र यश तलाटीले १–१ विकेट लिए ।

त्यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राजेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो । उसका लागि कोलिन्स ओबुया र लुकास ओलुचले अर्धशतकीय पारी खेले ।



८४ रन बनाएका आबुयाले १११ बलमा ७ चौका र २ छक्का प्रहार गरे । ओलुचले २७ बलमा सामन ५ चौका र छक्कासहित अविजित ५९ रनको योगदान दिए । सुकदीप सिंहले ३७ र इमानुएल बुन्दीले २३ रन जोडे ।

नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले २–२ तथा बसिर अहमद र साहब आलमले १–१ विकेट हात पारे । तीन विकेट रन आउटका रुपमा प्राप्त भयो ।



  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार २०:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया