नेप्सेमा ओरालो यात्रा कायमै, आज २१.१६ अंकले घट्यो
फाइल तस्वीर

पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रूपमा गिरावट आएको छ ।

सोमबार भएको कारोबारमा ४.२९ अंक घटेर बन्द भएको नेप्से मंगलबार २१.१६ अंक घटेर १९५१.८४ बिन्दुमा झरेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ ।

मंगलबार कारोबारमा आएका २२७ कम्पनीको ३२ लाख ९ हजार कित्ता सेयर १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । 

नेप्से परिसूचक घटे पनि कारोबारमा भने सामान्य सुधार भएको छ । सोमबार ९० करोड ९९ लाखको मात्रै कारोबार भएको थियो । 

नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढ्दा बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको छ । 



बाँकी वित्त उपसमूहको परिसूचक २.१२ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक २.०५ प्रतिशतले घटेको छ । 

मंगलबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य करिव १० प्रतिशत बढेको छ । सानिमा माई हाइड्रोपावरको सेयरमूल्य ७.३२ प्रतिशत घटेको छ ।



हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ६ प्रतिशत घटेको छ । मंगलबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । 

  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १६:२२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया