च्याम्पियन्स लिगमा साबिक विजेता रियल मड्रिडले विजयी सुरुवात गरेको छ । उसले गएराति समूह चरणअन्तर्गतको खेलमा स्कटल्याण्डको सेल्टिकलाई हराउँदै विजयी सुरुवात गरेको हो ।
समूह ‘एफ’ अन्तर्गतको खेलमा स्पेनको रियलले घरेलु टोलीलाई ३–० ले स्तब्ध पार्यो । सेल्टिक पार्कमा खेलको ५६ औं मिनेटमा भिनीसीयस जुनियरको गोलमार्फत रियलले अग्रता लिएको थियो । ६० औं मिनेटमा लुका मोड्रिचले पाहुना टोलीको अग्रता दोब्बर बनाए ।
७७ औं मिनेटमा इडेन हाजार्डले गोल गरेपछि रियलले ३–० को सहज जित निकाल्यो । यो जितसँगै रियलले ३ अंक जोड्दा सेल्टिकले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यहि समूहको अर्को खेलमा युक्रेनको शाख्तर डोनेट्स्कले जर्मन क्लब आरबी लाइप्जिगविरुद्व ४–१ को सहज जित निकाल्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।