यू-२० एसिया कप : भुटानलाई हराएर सुखद सुरुवात गर्ने सोचमा नेपाल

यू–२० एसिया कप छनोटमा भुटानको सामना गर्दै नेपाल एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले  आज भुटानको सामना गर्दैछ । खेल बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाली समयानुसार राति पौने ९ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ । भुटान पनि नेपाललाई हराएर जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ ।

नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टोलीको तयारी राम्रो रहेकाले एसियन कपमा छनोट हुने आशा राखेको बताएका छन् । यो समूहमा यी दुईसँगै कतार, बहराइन र बंगलादेश छन् । 





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार ८:२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया