८ वर्षपछि एशिया च्याम्पियन बन्यो श्रीलंका

एशिया कपको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एशियाको च्याम्पियन बनेको छ । यसअघि सन् २०१४ मा पनि श्रीलंकाले एशिया कप जितेको थियो ।
आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

जवाफमा पाकिस्तानी टिम २० ओभरमा १ सय ४५ रन बनाएर अलआउट भयो । श्रीलंकाका लागि सबैभन्दा बढी विकेट प्रमोद मदुसनले लिए । उनले ४ विकेट लिएका थिए ।

त्यस्तै, वानिन्दु हसरंगाले ३ विकेट लिए । यी तीन विकेट १७ औं ओभरमा पाकिस्तानले गुमाएको थियो । यही नै यो खेलको टर्निङ पोइन्ट पनि बन्यो ।

पकिस्तानका लागि सबैभन्दा बढी रन मोहम्मद रिजवानले ५५ बनाए । श्रीलंकाका लागि चाहिँ ४५ बल खेलेर ७१ रनको पारी खेलेका थिए भानुका राजपक्षेले ।

ह्सरंगलो २१ ब्लमा ३६ रन बनाएका थिए । पाकिस्तानका लागि सबैभन्दा धेरै विकेट हारिस रउफले लिए । उनले तीन विकेट लिएका थिए ।





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार २३:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया