राजा घोषणा गर्ने समारोहमा चार्ल्स तृतीय ‘रिसाएको’ भिडियो भाइरल

बेलायती राजा चार्ल्स​ तृतीयले राजा ​घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग ‘रिसाएको’  भिडियो इन्टरनेटमा भाइरल भएको छ ।

बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि एक्सेन्सन काउन्सिलले शनिबार राजा चार्ल्स​लाई आधिकारिक उत्तराधिकारी घोषणा गर्‍यो । यद्यपि, उत्तराधिकारी  घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नुअघि डेस्क खाली गर्न सहयोगीलाई रिसाउँदै इसारा गरेका थिए ।

क्लिपमा राजा चाल्र्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा निराश देखिन्थे । उनले सहयोगीलाई डेस्क खाली गरेर सामानहरू पुनः व्यवस्थित गर्न इशारा गरेका थिए ।

कागजातहरू राखेपछि राजा चार्ल्स​ले फेरि एक सहयोगीलाई टेबुलबाट पेन बक्स हटाउन संकेत गरेका थिए । त्यसपछि उनले ऐतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका थिए । 





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार ८:१२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया