logo-img

थप २०३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप दुई सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । 

संकलित नमुनामध्ये १३ सयलाई आरटी पिसिआर र तीन हजार सात सय ५९ नमूना एन्टिजेनबाट परीक्षण गरिएको थियो । त्यसमध्ये ८७ जनामा पिसिआरबाट र ११६ जनामा एन्टिजेनबाट संक्रमण देखिएको थियो । 

नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या नौ लाख ८४ हजार सात सय १० पुगेको छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन् ।   







  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १८:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया