च्याम्पियन्स लिगमा बायर्नले बार्सिलोनालाई हरायो

च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा जर्मन क्लब बायर्न म्युनिखले जित हात पारेको छ । बायर्नले घरेलु मैदानमा  समूह ‘सी’ अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोनाविरुद्ध २–० को जित हात पारेको हो ।

बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लिरोए सानेले एक/एक गोल गरे । एलियन्ज एरिनामा खेलको ५० औं मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

५४ औं मिनेटमा सानले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए । जितसँगै दुई खेलबाट ६ अंक जोडेको बायर्न शीर्ष स्थानमा रहँदा पराजित बार्सिलोना समान खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा इटालीको इन्टर मिलानले पहिलो जित दर्ता गर्ने क्रममा चेक क्लब भिक्टोरिया पल्जेनलाई २–० ले पराजित गरेको छ । 





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार ७:५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया