logo-img

सिन्धुपाल्चोकको ठूलोसिरुबारी बन्यो जिल्लाकै पहिलो बालमैत्री वडा

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा  घोषणा गरिएको हो ।

विभिन्न ५१ वटा सूचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाध्यक्ष रामप्रसाद गौतमले बताए  । सबै सूचकमा न्यूनतम ८० वा त्यो भन्दामाथि अङ्क प्राप्त गरेपछि बालमैत्री वडा घोषणा गरिएको उल्लेख छ ।  

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा ०७६ को उद्देश्यअनुसार उक्त वडा बालमैत्री घोषणा भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ मा पनि नगरका कम्तीमा दुई वडा बालमैत्री वडा घोषणा गर्ने योजनाअनुसार १३ नम्बर वडा पहिलो भएको हो । ०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटना देखा नपरेको वडाको तथ्याङ्क छ ।



वडा बाल संरक्षण समितिका अनुसार वडामा बालविवाहमा न्यूनीकरण तथा आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि बालविवाहको घटना भएका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बालमैत्री वडा घोषणा गरेका हुन् ।  





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १७:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया