सभामुख सापकोटाले हेरे ‘ऐना झ्यालको पुतली’, भन्छन् - सकिएको पत्तै भएन

सभामुख अग्नि सापकोटाले गत शुक्रबार फिल्म ‘ऐना झ्यालको पुतली’ हेरेका छन् । फिल्म हेरिसकेपछि उनले फिल्म राम्रो बनेको र यो फिल्म गाउँ सहर, शिक्षक अभिभावक सबैले हेर्नुपर्ने बताए ।

‘फिल्म सकिएको पत्तै भएन । म १५ वर्ष पढाएको शिक्षक हुँ । गाउँको मान्छे पनि हुँ । योसँगै फिल्मले समाजको चित्रण पनि दुरुस्त गरेको रहेछ । यो फिल्म मौलिक पनि छ र सन्देश पनि बहुआयामिक रहेछ,’ उनले भने ।

सापकोटाले पाँच वर्षअघि फिल्म ‘कान्छी’ हेरेको स्मरण गरे । उनले फिल्म ‘ऐना झ्यालको पुतली’ आफ्नो जीवनसँग मेल नखाए पनि गाउँका धेरै कुराहरू मिल्दोजुल्दो भएकोले आफैँले भोगेजस्तो अनुभव भएको बताए ।

‘मेरो घरमा बहिनी थिएनन् । दिदी थिए तर उनीहरूले पढ्न पाउँदैनथे । हामीले मात्र पढ्न पायौँ, त्यसैले ठ्याक्कै मेरै जीवनसँग त मेल खाएन, तर यो हामीले गाउँमा जताततै देखेको दुनियाँ हो । खास गरी मलाई दिदी भाइको प्रेम र सङ्घर्षको कुरा असाध्यै राम्रो लाग्यो,’ उनले भने ।

२४ भदौमा रिलिज भएको सुजित बिडारी निर्देशित फिल्मले दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले पहिलो हप्ताभन्दा दोस्रो हप्तामा सो र दर्शक दुवै बढी पाइरहेको छ ।





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १३:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया