logo-img

राष्ट्रपतिलाई बिडारीको व्यंग्यः ओलीले ल्याए प्रमाणित गर्ने, देउवाले ल्याउँदा फेल के गरेकी हौका ?

राष्ट्रिय सभाका पूर्वसदस्य तथा माओवादी केन्द्रका नेता रामनारायण विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यंग्यात्मक प्रश्न गरेका छन् । मंगलबार अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय कानुन विभागले आयोजना गरेको ‘नागरिकता विधेयक भ्रम र यथार्थ’ विषयक अन्तरक्रियामा विडारीले व्यंग्य गरेका हुन् ।

अन्तक्रियामा मुख्य वक्ता रहेका विडारीले नागरिकता विधेयक राष्ट्रहितविपरीत नभएको तर्क गरेका थिए । नागरिकता विधेयकको पृष्ठभूमिबाट वक्तव्य सुरु गरेका विडारीले भारतीय र तिब्बती मूलका नागरिकले नेपाली नागरिकता पाउन लागेको भ्रम पहाडिया मूलका सर्वसाधारणलाई परेको बताएका थिए । 

नागरिकता विधेयकको बारेमा एमालेले गरेको प्रचार गलत भएको विडारीले बताए । उनले भने,  ‘२०११ र २०२० सालमा नेपाली केटासँग विदेशी केटीले बिहे गरेर विदेशी नागरिकता त्याग्न चाहेमा नेपालको अंगीकृत नागरिक हुनेछ भनेर लेखेको थियो । २०३२ सालमा उक्त व्यवस्थामा बिहे गरेको पाँच वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने भनेर लेखियो ।’ 



माओवादी केन्द्रको धारणा अन्य देशकी बुहारीलाई नागरिकता दिनका लागि केही वर्ष समयावधि राख्नुपर्छ भन्ने रहेको भन्दै विडारीले भने, ‘तर, जन्मसिद्ध सन्तानलाई तत्काल नागरिकता दिनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।’ 

धेरै व्यक्तिले २०४७ सालमा नेपालको जन्मसिद्ध नागरिकता पाएको स्मरण गराए । ‘२०४५ सालमा नागरिकता पाउनेको छोरो अहिले ३५ वर्ष पुग्यो । बुवा नेपाली नागरिक हुने, तर छोराछोरी अनागरिक हुने, यस्तो पनि कहीँ हुन्छ ?’ प्रश्न गर्दै विडारी भन्छन्, ‘जन्मसिद्वका छोराछोरीलाई तत्काल नागरिकता दिनुपर्छ । एनाआरएनको बारेमा बुहारीको विषयमा सोच्दै गरम्ला ।’

राष्ट्रपतिले संविधानमा नभएको काम गरेर बेइमानी गरेको विडारीको तर्क छ । २०७२ सालमा केपी ओली नेपालको प्रधानमन्त्री भए । उनले २०७५ मा नागरिकता विधेयक ल्याए । नागरिकता दिन बुहारीको हकमा ७ वर्षको समयाअवधि राख्नुपर्छ भन्ने समितिले लेख्यो । समयावधि तोकिएपछि उक्त विधेयक ओलीले सदनमा पेस गर्न चाहेनन् । लगत्तै ओलीले सदन विघटन गरे । ‘सदन समाप्त भएपछिपछि त्यसै विषयलाई नागरिकता विधेयकमार्फत अगाडि सारियो । सोही विधेयकलाई जस्ताको त्यस्तै अहिलेको सरकारले सदनमा पेस गर्दा कसरी राष्ट्र हितविपरीत हुन्छ ? विडारीले प्रश्न गरे । 



ओलीले ल्याए प्रमाणित गर्ने, देउवाले ल्याउँदा फेल, के गरेकी हौका ? विडारीले राष्ट्रपति भण्डारीमाथि व्यंग्य गरे ।



  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १९:२४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया