लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा बार्सिलाेना विजयी भएकाे छ । ऊ घरेलु टाेली मालाेर्काविरुद्ध १–० ले विजयी भएकाे हाे । 

​इबेराेस्टर स्टेडियममा खेलकाे २० औं  मिनेटमा राेबर्ट लेवान्डोस्कीले गरेकाे एक मात्र गाेल बार्सिलाेनालाई जित दिलाउन पर्याप्त बन्याे । 

उनले अन्सु फातीकाे पासलाई पाेस्टकाे दिशा दिएका थिए । जितसँगै ७ खेलमा १९ अंक जाेडेकाे बार्सिलोना शीर्ष स्थानमा उक्लिँदा पराजित मालाेर्का समान खेलबाट ८ अंकका साथ १० औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा एथलेटिकाे मड्रिड र रियल भालाडेलिडले पनि जित हात पारेका छन् ।





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार ७:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया