हालान्ड र फोडेनको ह्याट्रिकमा सिटीको सहज जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले जित हात पारेकाे छ ।उसले घरेलु मैदान इतिहाद स्टेडियममा म्यानचेस्टर युनाइटेडविरुद्व ६-३ काे जित हात पारेकाे हाे ।

सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड र फिल फाेडेनले ह्याट्रिक पूरा गर्दा युनाइटेडका लागि एन्थाेनी मार्टियलले २ तथा एन्टाेनीले १ गाेल गरे । खेलकाे आठाैं मिनेटका फाेडेनकाे गाेलमार्फतल सिटीले अग्रता लिएकाे थियाे ।

३४ र ३७ औं मिनेटमा हालान्डले गाेल गर्दै घरेलु टाेलीलाई ३-० ले अघि बढाए ।४४ औं मिनेटमा फाेडेनले व्यक्तिगत दोस्रो गाेल गरेपछि सिटीले पहिलाे हाफमा ४-० काे आरामदायी अग्रता लियाे ।

५६ औं मिनेटमा एन्टाेनीले खेललाई ४-१ काे अवस्थामा ल्याए । ६४ औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरेपछि सिटी ५-१ ले अघि बढ्याे ।

७२ औं मिनेटमा फाेडेनले पनि ह्याट्रिक पूरा गरेपछि घरेलु टाेलीले ६-१ काे अग्रता लियाे । ८४ औं मिनेटमा मार्टियलले गाेल गरेपछि खेल ६-२काे अस्थामा आयो ।

थप गरिएकाे समयमा मार्टियलले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो  गाेल गरेपछि खेल ६-३काे स्थितिमा सकिएकाे हाे ।  याे जितसँगै ८ खेलमा २० अंक जाेडेकाे सिटी दोस्रो स्थानमा रहँदा पराजित युनाइटेड ७ खेलमा १२ अंकका साथ छैटौं स्थानमा छ । 





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार २१:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया