logo-img

एमालेले देउवाको क्षेत्रमा किन उम्मेदवार छानेन ?

नेकपा एमालेले डडेलधुरामा प्रतिनिधिसभाको लागि उम्मेदवार छनोट गरेको छैन । एमालेले त्यहाँ उम्मेदवार नउठाएर नेपाली कांग्रेस (बिपी)का उम्मेदवार कर्ण मल्ललाई  सघाउने भएको हो ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सम्भावित प्रतिनिधिसभाको उम्मेदवारको सूची सार्वजनिक गरेको छ । उक्त सूची अनुसार डडेलधुरामा मल्ललाई सघाउने देखिएको हो । यो क्षेत्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो । प्रदेशसभामा भने पठानसिंह बोहरा र गजेन्द्र शाहीलाई उम्मेदवार बनाइने भएको छ ।

एमालेले अछाम–१ का लागि भीम रावललाई टिकट नदिए पछि सो क्षेत्रमा झपट बोहराले टिकट पाएका छन् । बोहराले टिकट पाएसँगै अछामको राजनीतिमा भने तरङ्ग छाएको छ । 







  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार १८:४५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया