गोरखा-२ बाट चुनाव लड्ने प्रचण्डको निर्णयको बाबुरामले गरे स्वागत

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा–२ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निर्णयको स्वागत गरेका छन् । उनले गोरखा–२ मा प्रचण्डको उम्मेदवारीको ठूलो सांकेतिक महत्व रहेको उल्लेख गर्दै जितको शुभकामनासमेत दिएका छन् ।  

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गम थलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना,’ बाबुरामले ट्विट गरेका छन् । 

विगत निर्वाचनमा गोरखा–२ बाट बाबुरामले निर्वाचन जित्दै आएका थिए । तर, ४ मंसिरको निर्वाचनमा भने उनले उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा प्रचण्डले चितवन–३ छाडेर गोरखा–२ रोजेका हुन् । 





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार ७:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया