लमजुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बेंसीशहर नगरपालिका–१ रिट्ठेबगरमा रोकिरहेको ग १ च ५९३४ नम्बरको बोलेरो जिप ब्याक हुँदा एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा तीनजना घाइते भएका छन् । डुम्रे–बेंसीसहर सडकको उदिपुर डाइभर्सन उकालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुन्दरबजार नगरपालिका–३ च्यानपाटाका ६१ वर्षीय मोतिबहादुर मजाकोटीको जिल्ला अस्पतालमा उपचार हुन नसकेर चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी प्रकाश श्रीमलका अनुसार उपचारको लागि भरतपुर पुर्याइएका मजाकोटीलाई डाक्टरले मृत घोषणा गरेका थिए । दुर्घटनामा राइनास नगरपालिका–६ धमिलिकुवाका ६३ वर्षीय केदार चिलुवाल घाइते छन् ।
उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य दुईजना सामान्य घाइते भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।