logo-img

डडेल्धुरामा एकीकृत समाजवादी र कांग्रेस (बिपी)बीच तालमेल सहमति

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचनक्षेत्र डडेल्धुरामा एकीकृत समाजवादी र नेपाली कांग्रेस (बिपी)बीच तालमेलको सहमति भएको छ । यसअघि एमाले र बिपी कांग्रेसबीच तालमेलको सहमति भए पनि एमलेले स्वतन्त्र उम्मेदवारलाई सघाउनले भएपछि तालमेल भंग भएको थियो । 

शनिबार एकीकृत समाजवादी र कांग्रेस (बिपी)ले डडेल्धुरामा संयुक्त पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको जानकारी दिएका छन् ।

सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा कांग्रेस (बिपी)का कर्णबहादुर मल्ललाई सघाउने भएको छ । त्यस्तै, कांग्रेस बिपीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता डा. तारा जोशीलाई सघाउने सहमति भएको छ ।
 
जोशी, कांग्रेस (बिपी) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष विष्टबीच ६ बुँदे सहमति भएको छ । सहमतिमा जोशीसहित एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कविन्द्र विष्टले समेत हस्ताक्षर गरेका छन् ।







  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार २१:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया