साकाको निर्णायक गोलमा आर्सनलको कठिन जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा आर्सनलले जित निकालेको छ । उसले घरेलु टाेली लिड्स युनाइटेडविरुद्ध १-० काे कठिन जित निकालेकाे हाे ।

इलान्ड राेड स्टेडियममा आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरे । उनले खेलकाे ३५औं मिनेटमा मार्टिन ओडेगार्डकाे पासलाई पाेस्टकाे दिशा दिएका थिए ।

६४ औं मिनेटमा प्याट्रिक बाम्फोर्ड पेनाल्टीमा चुक्दा लिड्सले खेललाई बराबरीमा ल्याउने अवसर गुमायाे । उनकाे प्रहार बाहिरिएकाे थियाे ।


 याे जितसँगै १० खेलमा २७ अंक जाेडेर आर्सनल शीर्ष स्थानमा कायम रहँदा पराजित लिड्स ९ खेलमा ११ अंकका साथ १५ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा  लिभरपुलले म्यानचेस्टर सिटीलाई १-० तथा चेल्सीले एस्टन भिल्लाई २-० ले पराजित गरेका छन् ।  त्यस्तै,म्यानचेस्टर युनाइटेड न्युकासल युनाइटेडसँग गाेलरहित बराबरीमा राेकिएकाे छ ।  





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार ७:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया