नवौं राष्ट्रिय खेलकुदः १०० मिटर हर्डल्समा आर्मीकी जयरानीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छन् ।

उनले निर्धारित दुरी १५.६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन् ।आर्मीकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकी भगिरती कुमारी थारुले १९.१३ सेकेन्डको समय निकाल्दै कास्य हात पारे।

पोखरा रंगशालामा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा भने १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन्। 

जयरानीले आइतबार ४०० मिटरमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्। त्यस्तै,११०मिटर पुरुष हर्डल्समा त्रिभुवन आर्मी क्लबकै जीवन चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा जीवनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत तथा आर्मीका रामप्रसाद थारुले १६.०० सेकेन्डको समय सहित कास्य जिते । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार ११:१५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया