आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न हात नकमाउनुस् : आयुक्त भण्डारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

सोमबार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्दशन दिएका हुन् । 

केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याईं नगर्न पनि आग्रह गरे । मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उनको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्नसक्ने पनि उनले स्पष्ट पारे । 

आचारसंहीता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरुको भूमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको उनले बताए । आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरुले आचारसंहिता उल्लंघन गरेको उजुरीहरु आएकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्नपनि निर्देशन दिए । 

आचारसंहीता पालना भएको नभएमा कठोरतापूर्वक कारबाही गर्नुपर्ने बताउँदै आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सम्बन्धमा कानुनमा अस्पष्टता भएमा निर्वाचन आयोगमा लेखेर पठाउन पनि अनुरोध गरे । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १८:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया