नवाैं राष्ट्रिय खेलकुद: पुलिसकी विद्यालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियाेगिताअन्तर्गत भारोत्तोलनतर्फ नेपाल पुलिस क्लबकी विद्या राईले स्न्याचमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।

८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार वहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान थियाे ।

एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिञ्जल गुरुङले कास्य पदक जिते ।

शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरिन् भने सिञ्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाइन् । त्यस्तै,भारत्ताेलनमा एपिएफले पहिलाे स्वर्ण हात पारेकाे छ ।


महिला ८७ केजी तौल समूहमा एपिएफकी निशा बलालले स्वर्ण पदक जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।

याे स्पर्धामा नेपाल पुलिस क्लबकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जित्दा त्रिभुवन आर्मी क्लबकी अस्मिता राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाउँदै कास्य हात पारिन् ।





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १६:३९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया