मलामी गएर फर्किने क्रममा अटो दुर्घटना : एककाे मृत्यु, तीनजना घाइते

मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्किने क्रममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

दुर्घटनामा थप तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार राति धरान चतरा सडकखण्डअन्तर्गत मकवानपुरको बागमती–५  कोइलादमार चोकनजिक अटो दुर्घटनामा परेको थियो ।

ना १ ह ५८५५ नम्बरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियो । मलामी गएर फर्केका बागमती–८ का रामबहादुर गोलेको मृत्यु भएको मकवानपुरका प्रहरी प्रमुख टेकबहादुर कार्कीले जानकारी दिए ।

अटो चालक ​सिंहबहादुर योञ्जन, यात्रु वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् । घाइते तीनैजना बागमती–८ निवासी हुन् ।

घाइतेको उपचार हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार ९:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया