स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा लिग लिडर रियल मड्रिडले जित हात पारेकाे छ । उसले घरेलु मैदान सान्टियागाे बर्नाबेउमा सेभियाविरुद्ध ३–१ काे सहज जित हात पारेकाे हाे ।
रियललाई जित दिलाउन लुका माेड्रिच, लुकास भाज्क्वेज र फेडेरिकाे भाल्भर्डेले एक/एक गाेल गर्दा सेभियाका लागि एरिक लामेलाले एक गाेल फर्काए ।
खेलकाे पाँचौं मिनेटमा माेड्रिचकाे गाेलमार्फत रियलले सुरुवाती अग्रता लिएकाे थियाे । ५४ औं मिनेटमा लामेलाले खेललाई १–१ काे बराबरीमा ल्याए ।
७९ औं मिनेटमा भाज्क्वेजले गाेल गरेपछि रियल २-१ ले अघि बढ्याे । ८१ औं मिनेटमा भाल्भर्डेले गाेल गर्दै घरेलु टाेलीलाई २–१ काे सहज जित दिलाए ।
जितसँगै ११ खेलमा ३१ अंक जाेडेकाे रियल शीर्ष स्थानमा कायम रहँदा पराजित सेभिया समान खेलबाट १० अंकका साथ १४ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा रायाे भ्यालेकानाे,रियल भालाडाेलिड र मालाेर्काले पनि जित हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।