logo-img

बुन्डेस लिगामा बायर्नकाे सहज जित

जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिकाे खेलमा बायर्न म्युनिखले जित हात पारेकाे छ । उसले घरेलु टोली होफिनहेइमविरुद्ध २–० को सहज जित हात पारेको हो । 

रेन-नेकर-एरिनामा बायर्नलाई जित दिलाउन जमाल मुसियला र एरिक म्यक्सिम चौपो-मोटिन्गले १/१ गाेल गरे । खेलकाे १७ औं मिनेटमा मुसियलाकाे गाेलमार्फत बायर्नले सुरुवाती अग्रता  लिएकाे थियाे ।

३८ औं मिनेटमा माेटिन्गले गाेल गरेपछि पाहुना टाेलीले २-० काे सहज जित निकाल्यो । याे जितसँगै बायर्न ११ खेलमा २२ अंकका साथ दोस्रो स्थानमा रहँदा पराजित हाेफिनहेइम समान खेलबाट १७ अंकका साथ साताैं स्थानमा छ ।



लिगअन्तर्गतकै अन्य खेलमा बाेरूसिया डर्टमन्डले स्टुटगार्टलाई ५-०, फ्रान्कफुर्टले बाेरूसिया माेन्चेनग्लाडवाखलाई ३-१ तथा फ्रेइबर्गले वेर्डर ब्रेमेनलाई २-० ले पराजित गरे ।

त्यस्तै, आरबी लाइप्जिगले अगस्बर्गसँग ३-३ तथा बायर लिभरकुसेनले उल्फ्सबर्गसँग १-१ काे बराबरी खेलेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार ८:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया