कांग्रेस महामन्त्री थापालाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

थापाले ‘फेरि पनि काठमाडौं–४ का बासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरुको टोलमा आउँदै छौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नुभएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउनेछौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’ भन्ने बेहोराको ट्विट गरिएको भनी उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।

ट्विटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य निर्वाचन आचारसंहिताको विपरीत हुने ठहर गर्दै आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न आयोगले थापालाई निर्देशन दिएको छ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार २१:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया