लामो समय भयो ह्वाट्सयाप डाउन, पुन सुरु हुन थाल्यो

विश्वभर चर्चित मेसेजिङ एप ह्वाट्सयाप डाउन भएको छ । झन्डै तीन घन्टा डाउन भएको ह्वाट्सयाप अब केही ठाउँमा काम गर्न थालेको बताउन थालिएको छ ।

ह्वाट्सयाप डाउन भए पछि सामाजिक सन्जालहरुमा यो ट्रेन्डिङसमेत हुन थालेको थियो ।

ह्वाट्सयापको मूल कम्पनी मेटाका प्रवक्ताले आफूहरुले ह्वाट्सयाप नचलेको थाहा पाएको र यसको मर्मत गरिरहेको बताएका छन् । उनले जतिसक्दो छिटो यो सबैलाई चल्ने बनाउने तयारी गरेको पनि बताएका छन् ।

ह्वाट्सयापमा आज दिउँसोदेखि मेसेज आदानप्रदानसमेत हुन सकेको छैन ।
 





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार १५:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया