logo-img

गाउँपालिकाको डोजरको ठक्करबाट पैदलयात्रीको मृत्यु

दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार भैरवी गाउँपालिका–४ डाँडीमाडी बजारमा भएको घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको मृत्यु भएको हो । 

सहिदगेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे १ क १६४२ नम्बरको डोजरले पैदल यात्री खातुनलाई ठक्कर दिएको र चालक प्रविणकुमार शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको हो । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७९ बुधबार ९:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया