म्यानचेस्टर युनाइटेड युरोपा लिगकाे नकआउट चरणमा

युइएफए युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । उसले समूह ‘इ’ अन्तर्गतको खेलमा मोल्दोभाको एफसी सेरिफविरुद्ध ३–० कोे सहज जित हात पारेको हो । यो जितसँगै युनाइटेडले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा टोलीलाई जित दिलाउन डिएगो डालोट, मार्कस रासफोर्ड र क्रिस्टियानो रोनाल्डोले एक/एक गोल गरे । खेलको ४४औं मिनेटमा डालोटको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ६५औं मिनेटमा रासफोर्डले टोलीको अग्रता दोब्बर बनाए ।

८१औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युनाइटेडले ३–० को सहज जित निकाल्यो । यो जितसँगै ५ खेलमा १२ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा रहँदा पराजित सेरिफ समान खेलबाट ३ अंकका साथ तेस्रोमा छ ।

यही समूहको अर्को खेलमा रियल सोसिडाडले ओमोनोइयाविरुद्ध २–० को जित निकाल्यो । लिगअन्तर्गतकै अन्य खेलमा लाजियो, युनियन सेन्ट गिलोइसे, एसके स्ट्राम गार्ज र युनियन बर्लिनले पनि जित हात पारेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७९ शुक्रबार ७:१२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया