ट्विटर किनेपछि मस्कको ट्विट– द बर्ड इज फ्रिड

विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ तथा विश्वका खर्बपति एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटर पूर्णरुपमा किनेका छन् । उनले ट्विटर किनेसँगै ट्विटरमा आफ्नो बायो पनि फेरेका छन् । 

उनले बायोमा लेखेका छन्– चिफ ट्विट ।

मस्कले ट्विटर ४४ अर्ब अमेरिकी डलरमा किनेका हुन् । उनले ट्विटरको स्वामित्व आफ्नो नाममा आएपछि ट्विटरमा उच्च पदस्थ कर्मचारीहरुलाई बर्खास्त पनि गरेका छन् । ट्विटरमा सिइओ पराग अग्रवाल पनि उनको बर्खास्तगीमा परेका छन् ।

साथै, ट्विटर किनिसकेपछि मस्कले एउटा ट्विट गरेका छन्– चरो अब स्वतन्त्र भयो अर्थात् द बर्ड इज फ्रिड ।

ट्विटरको लोगोमा रहेको चरोलाई संकेत गर्दै उनले यस्तो लेखेको हुनसक्ने अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । यसका साथसाथै उनले ट्विटरमा अन्य वरिष्ठ कर्मचारीहरुलाई पनि बर्खास्त गरेका छन् । 

यसअघि ट्विटर किन्ने अन्तिम सम्झौतामा पुगे पनि मस्क पछि हटेका थिए । उनी पछि हटेपछि ट्विटर अदालतमा गएको थियो । अदालतले मस्कलाई ट्विटर किन्न शुक्रबारसम्मको समय दिएको थियो ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७९ शुक्रबार १६:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया