कांग्रेसले विपन्नलाई १० हजार किरिया खर्च दिने

नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा विपन्न नागरिकलाई मृत्यु सँस्कारका लागि १० हजार दिने घोषणा गरेको छ ।

कांंग्रेसले शनिबार सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा यो खर्च स्थानीय सरकारमार्फत् दिने घोषणा गरेको हो । कांग्रेसले आफ्नो घोषणा पत्रमा कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रम समेटेको छ । त्यसमा किरिया खर्चको यो विषयलाई पनि समेटिएको हो ।

कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने पनि घोषणा पत्रमा उल्लेख गरेको छ । त्यस्तै, कांग्रेसले सबै महिलालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने पनि उल्लेख गरेको छ ।






  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १४:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया