६ वर्षीया बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बझाङमा ७० वर्षीया वृद्धबाट ६ वर्षीया बालिकाको बलात्त्कृत भएकी छन् । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका २ का ७० वर्षीया धनगिरी सार्कीले ६ वर्षकी बालिकालाई आफ्नै घरमा ललाई–फकाई करणी गरेको प्रहरीको भनाइ छ ।
  
गएको भदौ ९ गते सार्कीले एक बालिकालाई चक्लेट, बिस्कुट दिन्छु भन्दै तीनपटक लगातार बलात्कार गरेको पीडितपक्षको भनाइ छ । बालिकाको आमा माइत गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको रहस्य खुलेको छ ।

करणी गर्ने सार्कीलाई देख्दा बालिका डरले लुकेपछि किन लुकेको भनेर सोध्दा बालिकाले घटनाबारे बताएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश अवस्थीले भने, ‘प्रहरीले सार्कीसँग घटनाको बारेमा बुझ्दा गल्ती गरेको स्वीकार गरेका छन् । 

बालिकाको स्वास्थ्य परीक्षण गरिसकेको बताउँदै सूचना अधिकारी अवस्थीले बालिकाको योनीमा चोट लागेको बताए । अहिले पीडकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ । 





  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार २०:२१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया