logo-img

फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बायर्न

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले शानदार जित निकालेको छ । उसले गएराति सम्पन्न खेलमा माइन्जविरुद्ध ६–२ को शानदार जित निकालेको हो । 

घरेलु मैदान एलियन्ज स्टेडियममा बायर्नलाई जित दिलाउन सेर्जी जिनाब्री, जमल मुसियला, सादियो माने, लियोन गोरेट्ज्का, माथिस टेल र एरिक म्याक्सिम चोपोउ मोन्टिङले एक/एक गोल गरे । 

खेलको पाँचौं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा मुसियलाले टोलीको अग्रता दोब्बर पारे । ४३ औं मिनेटमा मानेले गोल गर्दा बायर्न ३–० ले अघि बढ्यो ।



पहिलो हाफको थप गरिएको समयमा माइन्जका विड्मेरले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ५८ औं मिनेटमा गोरेट्ज्का तथा ७९ औं मिनेटमा टेलले गोल गर्दा बार्यनले ५–१ को फराकिलो अग्रता लियो । 

८२ औं मिनेटमा इन्ग्भार्टसेनले गोल गर्दै माइन्जलाई ५–२ को अवस्थामा ल्याए । ८६ औं मिनेटमा म्याक्सिम चोपोउ मोन्टिङले गोल गर्दै बायर्नलाई ६–२ को फराकिलो अग्रता दिलाए ।  

यो जितसँगै शीर्ष स्थानमा उक्लिएको बायर्नले १५ खेलमा २५ अंक जोड्दा पराजित माइन्ज समान खेलबाट १८ अंकका साथ आठौं स्थानमा छ । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार ७:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया