सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।
सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्नका लागिसमेत निर्वाचनपछि कांग्रेसको नेतृत्वमा दुई तिहाइको गठबन्धनको सरकार बन्ने दाबी गरे ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विभिन्न आन्दोलनबाट आएको परिवर्तनको उपलब्धि र संविधान विरोधी तत्वलाई परास्त गर्नका लागि सत्तारुढ गठबन्धनको निर्माण भएको र निर्वाचनपछि समेत कायम रहने स्पष्ट पारे ।
लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले गरिबी निवारण तथा बेरोजगारी समस्यालाई समाधान गर्नका लागि निर्वाचनपछि निर्माण हुने सरकारले ध्यान केन्द्रित गर्ने उल्लेख गरे ।
‘विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सिर्जनाका लागि आउने सरकारले योजनासहित अघि बढ्ने छ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।