निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा निर्वाचन आयोगविरुद्ध परेका दुई रिटविरुद्धको सुनुवाइ आज हुँदैछ । 

‘नो नट अगेन’ अभियानविरुद्ध आयोगले विज्ञप्ति जारी गरेको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा।तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दिएको रिटमाथि सुनुवाइ हुन लागेको हो । 

सोमबार अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए ।  रिटमा संविधानको धारा १७ र १९ को वैयक्तिक तथा प्रेस स्वतन्त्रतासम्बन्धी व्यवस्थाविपरीत आयोगले अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार नै रिट दायर गरेकी हुन् । 

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उनको उमेदवारी खारेज गरेको थियो ।   





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार ७:३९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया