logo-img

फेब्रुअरी २७–२८ मा ट्रम्प–किम शिखरवार्ता

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ उनसँग फेब्रुअरीको अन्त्यमा भेटवार्ता हुने बताएका छन् । भियतनाममा हुने दोस्रो शिखर वार्ता फेब्रुअरी २७–२८ मा हुनेछ । यो भन्दा पहिला सिंगापुरमा यी दुई नेताबीच वार्ता भएको थियो । 

सञ्चारमाध्यमका अनुसार स्टेट अफ युनियनलाई सम्बोधन गर्दै ट्रम्पले कोरियाली प्रायद्धीपमा शान्ति स्थापित गर्न उनको प्रशासनको प्रयासमा निकै प्रगति भएको बताए । प्योङयाङका साथ बढिरहेको तनाव र खतराका बारेमा पनि उनले जानकारी गराएका थिए ।

ट्रम्पका अनुसार उत्तर कोरियाली नेतासँग उनको सम्बन्ध राम्रो छ र पनि विश्व शान्तिका लागि उनीसँग मिलेर अझै धेरै काम गर्न बाँकी रहेको छ । 



ट्रम्पले भन्छन् ‘म अमेरिकाको राष्ट्रपति नभएको भए अहिले अमेरिका र उत्तर कोरियाबीच युद्ध समेत हुन सक्थ्यो जस्तो मलाई लाग्छ ।’

उत्तर कोरियासँगको वार्तामा अमेरिकी मध्यस्थकर्ता स्टिफन बिगन र प्योङयाङका समकक्षीबीच बुधबार वार्ता हुने सम्भावना समेत रहेको छ । 

यो वार्ताले दुई देशबीचको सम्बन्धको विषयमा केही ठोस नतिजा निस्कने बताइएको छ । 





  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार १३:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया