निहारिका राजपुत प्रहरी नियन्त्रणमा
फाइल तस्वीर ।

पत्रकार सम्मेलन गर्न बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रधानमन्त्री निवासअगाडि पत्रकार सम्मेलन गर्न आएकाले उनलाई नियन्त्रणमा लिइएको र केहीबेरमा छोडिएको प्रहरीले जनाएको छ ।

आफूलाई कुमारी आमा बताउने राजपुतले केहीअघि आत्मदाहको प्रयास समेत गरेकी थिइन् ।

उनले आफूमाथि शिवराज श्रेष्ठले बलात्कार गरेको र बच्चा जन्मिएको भन्दै श्रेष्ठमाथि कारवाहीको माग गर्दै अनसन गर्दै पनि आएकी थिइन् ।

हालै आएको डीएनए जाँचको रिपोर्टमा उनको छोराको डीएनए श्रेष्ठको डीएनएसँग म्याच भएको छ ।






  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १६:२३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया