logo-img

विज्ञहरू भन्छन् - सुरक्षित सहरीकरणका लागि नीतिगत हस्तक्षेप जरुरी
विकासको मोडलमा नेपाललाई दोहोरो चुनौती
काठमाडौं

विज्ञहरूले सुरक्षित सहरीकरण र विपद्मैत्री मानव विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन् । विकासका नाममा हुने अव्यवस्थित शहरीकरण र तिनले भविष्यमा निम्त्याउन सक्ने विपद् न्यूनीकरणका लागि सम्भावित जोखिमको पूर्वानुमान सहितको योजना बिस्तारमा आजैदेखि लाग्नुपर्नेमा विज्ञहरूले जोड दिएका हुन् । 

‘टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन’ सम्मेलनले सुरक्षित सहर र विकासका लागि भविष्यमा निम्तिन सक्ने विभिन्न किसिमका विपद्का घटनाको पूर्वानुमान गरी योजना बनाउन नीति निर्माताहरूलाई दबाब दिनुपर्ने निष्कर्ष निकालेको हो । सम्मेलनमा नेपालको तर्फबाट सहभागी विज्ञ डाक्टर सुरज लामिछानेले विपद् न्यूनीकरण गरी दिगो र सुरक्षित सहर निर्माण गर्ने उपाय, अभ्यास, चुनौती र आवश्यकताका सम्बन्धमा छलफल गरी निष्कर्ष हरूलाई नीतिगत तहमा लैजानुपर्ने निर्णय गरेको जानकारी दिए । 

नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका गरी ९० जना वैज्ञानिकहरू सहभागी सम्मेलन मुख्य गरी जोखिम मुक्त सहर निर्माणका बहुपक्षीय उपायका बारेमा केन्द्रित रहेको पनि उनले जानकारी दिए । सम्मेलनले निकालेको निष्कर्षलाई सरकारलाई हस्तान्तरण गरी नीतिगत योजना तर्जुमामा सहकार्य गरिने पनि उनले बताए । 



‘विभिन्न देशमा त्यही अनुसारको पोलिसी लेभलमा इन्ट्रोभेन्सन गरेर कसरी अब हामी भविष्यको सहर, सुरक्षित सहर निर्माण गर्ने भन्ने उद्देश्य र निचोड छ । हामीले यो अध्ययन नेपाल सरकारसँग समन्वय गरेर मात्रै सुरु गरेका छौँ,’ उनले भने, ‘यसको लागि सहरी विकास मन्त्रालय, मुख्य एजेन्सीमा पर्ने मन्त्रालय हो । यसको एउटा स्टेरिङ कमिटी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि समन्वय गर्ने गरी बनाएका छौँ । त्यो अनुसार सहरी विकास मन्त्रालयमार्फत स्थानीय तहसम्म जान्छौँ ।’

उनले शहरीकरणलाई व्यवस्थित बनाउने र भविष्यका शहरलाई सुरक्षित पार्ने दुवै चुनौती नेपाललाई रहेको बताए । अन्य मुलुकका शहरहरू  व्यवस्थित भएकाले भविष्यका सहरलाई सुरक्षित बनाउने चुनौती मात्रै रहेको तर नेपालका शहरहरू व्यवस्थित नभएकाले दोहोरो चुनौती रहेको उनले बताए । 

‘नयाँ चुनौती पनि थपिएका छन् । हामीसँग अलि धेरै चाङ भयो चुनौतीका, उनीहरूसँग व्यवस्थापनको चाङ छ । त्यसैले हाम्रो अनुभव उनीहरूले महसुस गर्न पाएका छैनन् । त्यसैले उनीहरूलाई अण्डर डेभलप कन्ट्री अथवा डेभलपिङ कन्ट्रीहरु जुन् छन्, त्यसमा भएका चुनौतीहरुलाई पनि यो प्रणाली भित्र राखेर जान सक्यो भने राम्रो हुन्छ भन्ने हिसाबले विभिन्न महादेशका देशहरूलाई लिएर बनाइरहेका छन्,’ उनले भने, ‘हाम्रो केसमा हेर्दा हामी दोहोरो चुनौतीमा छौँ । एउटा जलवायु परिवर्तनका कुराहरू र सहरी विकास व्यवस्थित भएको छैन । यी कुराहरू सबै हामीलाई अहिले चुनौतीका विषयहरू छन् ।’



भोलिको सहर परियोजना अध्ययनमा सहभागी बेलायतस्थित इडिबर्ग विश्वविद्यालयका प्राध्यापक डाक्टर मार्क पेलिङ्गले विपद्मैत्री मानव विकास र भोलिको सुरक्षित शहरका लागि आजै विपद् पूर्वानुमानसहितको योजना र नीति बनाउनुपर्नेमा सम्मेलनले जोड दिएको बताए । 

५ दिनसम्म चलेको सम्मेलनमा सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका ९० वैज्ञानिकहरू सहभागी थिए । युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय, प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरूको संयुक्त पहलमा सुरु भएको भोलिको सहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्न सक्ने विपद् र जोखिमको पूर्व आकलन गर्ने र अध्ययन निष्कर्षलाई आ–आफ्नो देशका सरकार सँग साझेदारी गर्ने बताइएको छ ।  
 



  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १६:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया