सामाजिक सञ्जाल ट्विटरले ठूलो संख्यामा कर्मचारी कटौती गरेको छ । एलन मस्कले ट्विटर किनेसँगै आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका हुन्। कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो।
लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका मस्कले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्।
‘ट्वीटरमा काम गर्ने मेरो समय सकिएको खबर सुनेर उठेँ। म दुःखी छु। म अन्योलमा छु’, अमेरिका र क्यानडाका लागि ट्वीटरका सार्वजनिक नीति निर्देशक मिशेल अस्टिनले एएफपीसँग भने।
ट्विटरको खर्च कटौती गर्न उनले कर्मचारी हटाउन लागेका हुन्। खर्च कटौती गर्ने, निलो टिकबापत् मासिक ८ डलर शुल्क लिने र ट्विटरबाट किनमेललगायत दैनिक जीवनका धेरै काम गर्न सकिने गरेर ट्वीटरलाई डेप्लभ गर्ने मस्कको योजना छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।