logo-img

मंसिर १ गतेदेखि तीन दिन नेपाल–भारत सीमा नाका बन्द

नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले मंसिर १ गते राति १२ बजेदेखि तीन दिन नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । 

रुपन्देहीको छपियामा सम्पन्न नेपालमा हुन गइरहेको आमनिर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टा सीमा सिल गर्ने निर्णय गरेको हो । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय नेपाल–भारत सीमावर्ती जिल्लाहरूको सुरक्षा समन्वय बैठकले गरेको हो।
 
नेपाल–भारत सुरक्षा अधिकारीको बैठकले मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी  शान्ति सुरक्षा कायम गर्न र सीमामा हुने सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म नेपाल–भारत सीमा बन्द गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले जानकारी दिए। 



बैठकमा लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुख तथा भारततर्फ यी जिल्लासँग सीमा जोडिएका भारतीय सुरक्षा अधिकारी सहभागी थिए। 





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १८:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया