logo-img

बुन्डेस लिगामा बायर्नको रोमाञ्चक जित

जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिको खेलमा बायर्न म्युनिख विजयी भएको छ । ऊ घरेलु टोली हेर्था बर्लिनविरुद्ध ३–२ ले विजयी भएको हो ।​

ओलम्पिया स्टेडियममा खेलको १२ औं मिनेटमा जमल मुसियलाले बायर्नलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै पाहुना टोलीलाई २–० ले अघि बढाए ।

३८ औं मिनेटमा एरिकले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए । ४० औं मिनेटमा डोडी लुकबाकियोले हेर्थालाई ३–१ को स्थितिमा ल्याए ।



४५ औं मिनेटमा डाभी सेल्केले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा बायर्नले ३–२ को रोमाञ्चक जित निकाल्यो।

जितसँगै १३ खेलमा २८ अंक जोडेको बायर्न शीर्ष स्थानमा उक्लिँदा पराजित हेर्था समान खेलबाट ११ अंकका साथ १४ औं स्थानमा छ ।

लिगअन्तर्गतका अन्य खेलमा बोरुसिया डर्टमन्ड, लाइप्जिग, वेर्डर, फ्रान्कफुर्ट, बोरुसिया मेन्चेनगाल्डवाख र उल्फ्सबर्गले पनि जित हात पारेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार ७:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया