पिर्का प्रहार गरेर आफ्नै बाबुको हत्या

पिर्का प्रहार गरेर आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले रोल्पामा एक युवकलाई पक्राउ गरेको छ । 

त्रिवेणी गाउँपालिका ४ बुढागाउँस्थित पोखरीका २३ वर्षीय सन्दीप घर्तीमगरले मादकपदार्थ सेवन गरी ५४ वर्षीय बुबा मानसिंहको हत्या गरेको प्रहरीले जनाएको छ ।

आफ्नै घरको भान्सामा बाबुछोरा बसेर सँगै मादक पदार्थ सेवन गरिरहेका बेला बिहान ९ बजेतिर सन्दीपले काठबाट बनाइएको पिर्काले बुबाको टाउकोमा हिर्काएका थिए ।

छोराको आक्रमणबाट वृद्ध अवस्थाका मानसिंहको टाउकोमा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि छोरा सन्दीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अध्ययन गरिरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार २२:२५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया