ओलीका कारण कांग्रेस र माओवादी एक ठाउँमा आइपुगेको हाे, तेस्रोपटक प्रधानमन्त्री बनेर देखाउन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीका कारण कांग्रेस र माओवादी एक ठाउँ आइपुगेको बताएका छन्। बुधबार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

जनयुद्धका क्रममा नेपाली कांग्रेस र माओवादी आमनेसामने भए पनि  अहिले एकठाउँमा आएकाे उल्लेख गर्दै उनले भने, ‘हिजो युद्धमा माओवादी र कांग्रेस आमनेसामने थिए। केपी ओली सुध्रिए भनेर पार्टी एकता र गठबन्धन गरियो, तर संविधान मास्न ढुकेर बसेका रहेछन्।’ 

उनले ४ मंसिरको निर्वाचन संविधानको रक्षा गर्ने र उल्ट्याउनेबीचकाे संग्राम भएकाे बताए । 'एकातिर संविधान जोगाउने र अर्कातिर संविधानविरोधी गठबन्धन छ,'प्रचण्डले भने,'संविधान च्यात्ने र लोकतन्त्रको हत्या गर्ने गठबन्धन ओलीको नेतृत्वमा छ।’ 

ओलीले अहिले बहुमत चाहियो भन्दा आफूलाई लाज लाग्ने उल्लेख गर्दै उनले भने, 'दुईतिहाइ बहुमतको सरकार विघटन गर्ने, संसद् विघटन गर्ने ओली अब कुन नैतिकताले जनतासँग बहुमत माग्छन्? ओलीलाई मेरो चुनौती तेस्रोपटक प्रधानमन्त्री बनेर देखाउन् भन्ने हो ।’
 





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १५:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया