युरोपियन युनियनकी राजदूत र प्रमुख निर्वाचन आयुक्तबीच भेटवार्ता

युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेटवार्ता गरेकी छन् । 

उनले कान्तिपथस्थित बहादुर भवनमा पुगेर प्रमुख निर्वाचन आयुक्त थपलियासँग शिष्टाचार भेट गरेकी हुन् । 

उनीहरुबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे छलफल भएको निर्वाचन आयोगले जनाएको छ । 

राजदूत र प्रमुख निर्वाचन आयुक्तबीच द्विपक्षीय सरोकारलगायत विविध विषयमा पनि कुराकानी भएको आयोगले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १६:२८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया